लुम्बिनी प्रदेश सरकार

उद्योग, पर्यटन तथा यातायात मन्त्रालय

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय

घरेलु तथा साना उद्योग कार्यालय

तम्घास, गुल्मी

घरेलु तथा साना उद्योग कार्यालय गुल्मी, प्रदेश सरकार लुम्बिनी प्रदेश, उद्योग पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरु मध्येको एक हो । जिल्लास्थित उद्योग तथा उद्योगीहरुको व्यवसाय विकासमा टेवा दिँदै औद्योगिक प्रबर्द्धन, विकास र व्यवस्थापन गर्नु तथा सीप विकास तालिम र उद्यमशीलता विकास तालिम प्रदान गरी युवा, दलित, पिछडिएका तथा बेरोजगार युवाहरु आदिलाई आय आर्जनमा सहभागी गराउनु यस कार्यालयको मुख्य कार्य हो ।

घरेलु तथा साना उद्योग कार्यालयले साना र घरेलु उद्योगहरूको दिगो विकास र आत्मनिर्भरता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दछ । यसको सेवामूलक र समुदायमुखी प्रकृतिले यसलाई स्थानीय विकासमा टेवा पुर्‍याउने महत्त्वपूर्ण संयन्त्रको रूपमा स्थापित गरेको छ ।

 

स्वरुप:

  • मुख्य कार्यालय: देशको प्रत्येक जिल्ला वा प्रदेशमा यो कार्यालयको एक इकाई रहन्छ ।
  • कार्यालय प्रमुख: कार्यालयमा एक अधिकृतस्तर कर्मचारी (सामान्यतया उद्योग अधिकृत) जिम्मेवारीमा हुन्छन् ।
  • कर्मचारी संरचना: योजना अधिकृत, तालिम सहायक कर्मचारी, लेखा अधिकृत, प्राविधिक कर्मचारी, सहायक कर्मचारी आदि रहन्छन् ।
  • कार्य सम्पादन: नीति कार्यान्वयन, तालिम कार्यक्रम, उद्योग दर्ता तथा नविकरण, सिफारिस आदि ।

प्रकृतिः

घरेलु तथा साना उद्योग कार्यालयको प्रकृति निम्नानुसार व्याख्या गर्न सकिन्छ:

  • सेवामूलक: यस कार्यालयको उद्देश्य सेवामूलक कार्यहरू जस्तैः उद्योग तथा वाणिज्य फर्म दर्ता, सिफारिस, प्रवर्द्धन, विभिन्न प्रशिक्षण, अनुगमन, प्रविधि पहिचान तथा हस्तान्तरण आदि गर्नु हो ।
  • समुदायमुखी: यसको सेवा अधिकतम रूपमा स्थानीय तहका उद्यमी, व्यवसायी तथा उत्पादनमूलक जनशक्तिमा केन्द्रित हुन्छ ।
  • विकासमुखी: यसले साना उद्योगलाई सुदृढ बनाउँदै स्थानीय रोजगारी सृजना र आर्थिक विकासमा योगदान पुर्‍याउँछ ।
  • प्रशासनिक तथा प्राविधिक: कार्यालयले उद्योग सम्बन्धी प्रशासनिक कार्य मात्र होइन, प्राविधिक सहायता र प्रशिक्षण पनि दिन्छ ।

 

  • घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको काम, कर्तव्य र अधिकारः
  • नियमानुसार घरेलु तथा साना उद्योगहरु रजिष्ट्रेशन गर्ने ।
  • वाणिज्य प्रशासन तथा स्थानीय व्यापार सम्बन्धी कार्य गर्ने फर्म रजिष्ट्रेशनका साथै अन्य कार्यहरु गर्ने ।
  • दर्ता भएका उद्योगहरुको नियम अनुसार नविकरण गर्ने ।
  • घरेलु तथा साना उद्योगहरुको नामसारी, ठाउँसारी, पूँजी तथा क्षमता वृद्धि, उद्धेश्य संसोधन, खारेजी आदि उद्योग प्रशासन सम्बन्धी कार्यहरु गर्ने ।
  • Exim Code सिफारिस गर्ने ।
  • प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धी कार्य गर्ने ।
  • उद्योगी/व्यवसायीहरुलाई आवश्यक तालिम तथा प्रविधि सहयोग गर्ने ।
  • बजार अनुगमन गरी सरल र सहज बजार बजार व्यवस्थापनमा सहजीकरण गर्ने ।
  • घरेलु तथा साना उद्योगहरुको औधोगिक तथ्याङ्क अध्यावधिक गर्ने ।
  • उद्योगको सुविधा सिफारिस सम्बन्धी कार्य गर्ने ।
  • मेला महोत्सवमा उद्यमीहरुलाई सहभागी गराउने कार्य गर्ने ।
  • दैनिक प्रशासनिक कार्यहरु तथा तालुक निकायबाट प्रत्यायोजित अन्य सम्पूर्ण सेवाहरु ।